बंगलादेशमा तीन महिनापछि सबैभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिए

कोरोना भाइरस सङ्क्रमण बढेसँगै बंगलादेशमा थप सतर्कता अपनाउन थालिएको छ । बंगलादेशमा सङ्क्रमण बढेपनि लकडाउन भने नगरिने अधिकारीहरुले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ गएको तीन महिना यताकै सबैभन्दा धेरै सङ्क्रमित देखिएका बताएका छन् ।पछिल्लो समय बंगलादेशमा बढेको डेल्टा भेरियन्टका कारण कोरोना सङ्क्रमितको संख्यामा वृद्धि भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । बंगलादेशका सङ्क्रामक रोग विशेषज्ञहरूले यदि मानिसहरुले जनस्वास्थ्यका नियमको पालना गरेनन् भने यहाँ थप संकट बढ्न सक्ने बताएका छन् ।पछिल्लो