अमेरिकी कोस्ट गार्डद्वारा मध्य समुद्रमा डुब्दै गरेको डुङ्गाबाट २७ जनाको जीवितै उद्धार

क्युवाको पश्चिमी छेउ नजिकै समुद्रमा डुब्न लागेको एउथा काठको अस्थायी डुङ्गाबाट अमेरिकी तटरक्षक बलले २७ जना आप्रवासीहरूलाई उद्धार गरेको छ। तटरक्षक बलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, क्युवा र मेक्सिकोबीचको १०० माइल भन्दा बढी चौडा समुद्री च्यानल ‘युकाटान च्यानल’ मा गत बिहीबार राति उक्त डुङ्गा तैरिरहेको फेला परेको थियो। इन्धन र पिउने पानी समेत नभएको […]