रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा एकपछि अर्को विवाद र समस्या देखिन थालेका छन्। सोमबारदेखि नै सुरू हुने भनिएको बन्दसत्र मंगलबार मात्रै दुई पटक सरिसकेको छ। दिउँसो १ बजे सुरू हुने भनिएको बन्दसत्र अहिले २ बजे पनि सुरू हुन सकेको छैन । दिउँसो १ बजेबाट सुरू गर्न सम्भव नभएपछि २ बजेबाट थाल्ने भनिएको थियो। […]