मिचेको छ सीमा चलेको छ गोली उही भन्छ खेलौं न सद्भाव होली । यता भाइ मार्दैछ हाम्रै धरामा पस्यो भित्र सेना उसैको छ टोली ।
उचालेर ज्वाइँ र साला लगाई प्रजातन्त्रमा थुन्न खोज्दैछ बोली । सुसम्बन्ध हाम्रो छ रोटी र बेटी भनी धस्छ दाह्रा निकै आजभोलि ।
भए लठ्ठ हाम्रा परे लम्पसार सधैं याचकीझैं उतै थाप्न झोली ।