‘रिफर एन्ड अर्न’ अफरका साथ ग्यापुका ग्राहकलाई जी–क्यास

काठमाडौं ।  अनलाइन सपिङ साइट ग्यापुले आफ्नो एप एक लाख पटक डाउनलोड गरिएको अवसरमा आफ्ना ग्राहकहरुको लागि ‘रिफर एन्ड अर्न’ अफरको सुरुवात गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले अनलिमिटेड जी–क्यास संकलन गरेर सामानहरु खरिद गर्दा थुप्रै रिवार्ड र छुट प्राप्त हुने ग्यापु मार्केटप्लेसका संस्थापक एवं सीईओ ज्ञानेन्द्र खड्काले बताए। जी–क्यास कमाउनका लागि ग्राहकहरुले ग्यापु एप आफ्ना साथीहरुलाई रिफर गर्नुपर्ने हुन्छ । रिफर एसेप्ट गरेको ग्राहकहरुले पनि ग्यापु एपको लिंक अरु