विराटनगर । सरकारले देशकै जेठो उद्योग विराटनगर जुट मिल पुनः सञ्चालन गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले बन्द अवस्थामा रहेको विराटनगर जुट मिल सञ्चालनमा ल्याउने बताएका हुन् । उनले निजी साझेदारीमा सो उद्योग सञ्चालन गर्ने बताए । विराटनगर जुट मिल विसं. १९९३ मा स्थापना गरिएको थियो […]