कराँते टोली स्विट्जरल्यान्ड जाने

एघारौं बसेल ओपन मास्टर्स कराँते प्रतियोगितामा भाग लिन २ खेलाडीसहित ३ सदस्यीय नेपाली कराँते टोली बिहीवार स्विट्जरल्यान्डको बसेल प्रस्थान गर्दैछ । सेप्टेम्बर ११–१२ तारिखसम्म हुने प्रतियोगितामा सुमन तिमिल्सिना र सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । सुमनले सिनियर एकल काता तथा सरोजले ८५ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । सुमनले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्नेछन् । अफिसियलमा प्रज्ज्वल प्रतिक क्षेत्री छन् । सहभागीले ७२ घण्टाको पीसीआर रिपोर्ट पेश गर्नुपर्ने हुन्छ ।  टोलीलाई सफलताको शुभकामना दिँ...