महिलालाई ‘उपमेयर’मा सीमित नगर्ने माओवादीको निर्णय, हरेक जिल्लामा एक जना प्रमुख अनिवार्य

नेकपा माओवादी केन्द्रले स्थानीय तहमा उपमेयरलाई सीमित नगर्नका लागि महिलालाई प्रमुख भूमिकामा नै अघि बढाउने निर्णय गरेको छ।  पार्टीहरूले महिलालाई उपमेयरमा सीमित गरेको टीकाटिप्पणी हुँदै आएको बेला माओवादीले हरेक जिल्लामा कम्तीमा एक पालिका प्रमुख वा अध्यक्षमा महिला अनिवार्य गर्न सर्कुलर नै जारी गरेको हो । यस्तै कम्तीमा एउटा वडा अध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्ने पनि माओवादीले निर्णय गरेको एक नेताले जानकारी दिए । ‘स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्न विजयक