काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बीच सोमबार भेटवाता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा संघीय संसदलाई व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालनका लागि आर्थिक व्यवस्थापनका विषयमा छलफल केन्द्रित भएको बताइएको छ । भेटमा विपद् संकटग्रस्त क्षेत्र घोषित जिल्लाहरूमा सरकारको प्राथमिकताबारे पनि छलफल भएको छ। सभामुखको जिज्ञासामा अर्थमन्त्री शर्माले विपतग्रस्त सिन्धुपाल्चोक जिल्लाको […]