काठमाण्डाै - कर्णाली प्रदेशमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएको छ । प्रदेशका १० जिल्लामा सरकारले कुपोषण हटाउनका लागि विभिन्न कार्यक्रम गरे पनि बालबालिकाको स्वास्थ्यमा सुधार आउन सकेको छैन ।
कर्णाली स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार कर्णालीका १० जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा ६५४ अस्पतालमा कुपोषण भएर २० हजार ९२ बालबालिका भर्ना भएका थिए ।
निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा दैलेखमा मात्रै ५ सय ७८ र सुर्खेतमा ४ सय बालबालिका कुपोषण लागेर अस्पताल भर्ना भएका थिए । मुगुमा चालु आर्थिक वर्षमा ९१ बालबालिकाम...