बागमती प्रदेशमा एकै दिन २० जना कोरोना संक्रमितको मृत्यु

मकवानपुर । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन थप २० जनाको मृत्यु भएको छ ।योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ४ सय ४४ जना पुगेको छ ।पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा गरी ९ जना महिला र ११ जना पुरुषको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार, मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौंमा ५ जना महिला र ३ जना पुरुष गरी ८ जना रहेका छन् ।त्यस्तै संक्रमणका कारण ललितपुरमा ४ जना, रामेछापमा ३ जना, काभ्रेमा

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु

हेटौंडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राती ९ बजे हेटौंडा र सोमबार बिहान ६:२२ बारा निवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।  अस्पतालको...

टेकू अस्पतालमा ३ कोरोना संक्रमितको मृत्यु

काठमाडौं। टेकू अस्पतालको आइसीयूमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा. अनुप बाँस्तोलाले पछिल्लो २४ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको बताए। आईसीयूमै उपचारत कोरोना संक्रमितको मृत्यु भएपछि थप तनाव सिर्जना भएको उनको भनाइ छ। अहिले १८ जनाको आईसीयूमा उपचार भइरहेको छ। २० बेडको आइसीयूमा अहिलेसम्म उपचारपछि डिस्चार्ज गर्दै नयाँ विरामीको उपचार भइरहेको छ।