सुनसरी ४ मा एमालेका कुसियैतको अग्रता, सञ्चार मन्त्री कार्की झण्डै ७ सय मतले पछि

सुनसरी – सुनसरी क्षेत्र नम्बर ४ मा सूचना,सञ्चार तथा प्रविधि मन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की ६ सय ९३ मतान्तरले पछि पर्नुभएको छ । पछिल्लो मतगणना अनुसार उहाँले १८ हजार २ सय मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका जगदीश प्रसाद कुसियैतले १८ हजार ८ सय ९३ मतसहित अग्रता बनाउनुभएको छ ।