राष्ट्रपतिले संघीय संसद्को दुवै सदनबाट पारित नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता गरेकोमा तराई–मधेस लोकतान्त्रिक पार्टीले गम्भीर आपत्ति जनाएको छ ।विधेयकमा नागरिकता प्राप्ति सम्बन्धी कुन विषय संविधानसँग बाझिएको वा कहाँनेर संघीय संसद्ले पुनर्विचार गर्नुपर्ने प्रस्टै नपारी स्पष्ट सन्देशरहित अवस्थामा अकारण विधेयकलाई यसरी फिर्ता गरिनुप्रति पार्टीले आपत्ति जनाएको हो । पार्टी अध्यक्ष वृषेशचन्द्र लालले भनेका छन्, ‘संविधानअनुसार प्रमाणी