सीईडीबि हाइड्रोपावरको आईपीओमा १७ लाखभन्दा बढीले दिए ११.२५ गुणा बढी आवेदन

वैशाख २१, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा मागभन्दा ११ दशमलव २५ गुणा बढी आवेदन परेको छ ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आवेदन दिने अन्तिम दिन मंगलवार साझ ५ बजेसम्ममा १७ लाख ३६ हजार ७०१ जनाले २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ताका लागि आवेदन दिएका हुन् ।  वैशाख १७ गतेदेखि सार्वजनिक निष्कासनमा आएको यस आईपीओमा मागभन्दा बढी आवेदन परेकाले छिटो अवधि वैशाख २१ गतेसम्म मात्र विक्री गरिएको हो । छिटो अवधिभित्र आवेदन नपरेको खण्डमा भने कम्पनीले ढिलोमा वैशाख ३१ गतेसम्म आईपीओ विक्रीको मिति तय गरेको थियो ।  कम्पनीले सर्वसाधारणमा रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्न लागेको हो । यसमध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो ।  यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।  हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी बाँडफाँट पश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुग्नेछ । कम्पनीद्वारा प्रवर्द्धित साङ्गे जलविद्युत् आयोजना र राधि जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत् आयोजना, दोर्दी १ जलविद्युत् आयोजना र रुकुमगाडा जलविद्युत् आयोजना निर्माणधीन अवस्थामा रहेका छन् ।  यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना प्रवर्द्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा चुक्तापूँजी वृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पुर्‍याउने प्रक्षेपण गरेको छ ।आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ ।  आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मको लागि मूल्य तोक्नेछ । 

सम्बन्धित सामग्री

डेटा फेलोशिपका लागि आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन

कोड फर नेपालले डेटा फेलोशिप २०२३ का लागि आवेदन खुला गरेको छ । डेटा सीप प्रदान गर्ने उद्देश्यले कोड फर नेपालले डेटाक्याम्पसँगको सहकार्यमा डेटा फेलोशिपको जुन एडिसनका लागि आवेदन आह्वान गरेको हो ।  फेलोशिपका लागि सातै प्रदेशका युवा तथा प्रोफेसनलले आवेदन दिन सक्ने छन् । संस्थाले मधेश प्रदेश र कर्णाली प्रदेशका युवालाई यो अवसरको फाइदा लिन समेत विशेष आग्रह गरेको छ ।  स्वदेश...

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला

कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । कृषि तथा पशुपालान तर्फका लागि आवेदन खुलेको हो ।

आजदेखि लाइसेन्सका लागि नयाँ आवेदन बन्द

काठमाण्डाै - सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि नयाँ आवेदन आजदेखि बन्द भएको छ । यातायात व्यवस्था विभागले हिजो सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि आजदेखि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गरिएको विभागले जनाएको छ । लाइसेन्सका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरूलाई दुई वर्षपछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ । कोरोना महामारीका कारण लामो समय लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेहरूको चाप बढेक...

आजदेखि नयाँ अनलाइन लाइसेन्स आवेदन बन्द

काठमाडौँ । आज चैत १ गते मङ्गलवार देखी सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ। यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जनाएको हो। लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरूलाई दुई वर्ष पछि सम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको […]

लाइसेन्सका लागि नयाँ आवेदन बन्द हुने

काठमाण्डाै – भाेलि मङ्गलवारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले आज साेमवार सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ । अहिलेसम्म परेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले अनलाइन आवेदन बन्द गर्न लागेको विभागले जनाएको छ । लाइसेन्सका लागि आवेदन धेरै परेकाले यस बेला अनलाइन आवेदन दिनेहरूलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ । कोरोना महामारीका कारण लामो समय लाइस...

सवारीचालक अनुमतिपत्रको आवेदन खुला

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरेको छ ।विभागले कोरोनाको दोश्रो महामारीका कारण गत १६ वैशाखदेखि बन्द रहेको नयाँ सवारी चालक अनुमतिपत्र लाइसेन्सको आवेदन सोमबारदेखि खोलेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।उनले भने, “रोकिएको आवेदन सोमबारबाट खुल्ला गरेका छौं, योसँगै नयाँ लाइसेन्स लिन चाहनेले अनलाइन आवेदन दिन सक्ने छन् ।” उनका अनुसार […]

खुल्यो स्मार्ट लाइसेन्सको नयाँ आवेदन

यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि नयाँ आवेदन खुलाएको छ। विभागले झन्डै छ महिनापछि नयाँ आवेदन खुलाएको हो।

पुनर्बीमा कम्पनीका लागि पाँच आवेदन

नयाँ पुनर्बीमा कम्पनी सञ्चालन गर्न बीमा समितिमा पाँचओटा कम्पनीले आवेदन दिएका छन् । समितिले निजीक्षेत्रको लगानीमा एक पुनर्बीमा कम्पनी स्थापना गर्न दिनेगरी प्रस्ताव आ≈वान गरेको थियो । त्यसमा आवेदन दिने अन्तिम दिन अर्थात् बुधवारसम्म पाँच कम्पनीले आवेदन दिएका हुन् । काठमाडौं रि, अन्नपूर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि नामका कम्पनीहरूले समितिमा आवेदन दिएका हुन् । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अन्तिम दिनसम्म ५ कम्पनीबाट आवेदन प्राप्त भएको बताए । आवश्यक प्रक्रिया पूरा गरेर आवेदनहरूको अध्ययन प्रक्रिया अग...

लाइसेन्सको अनलाइन आवेदन बन्द

काठमाडौं। सवारी चालक अनुमतिको अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द भएको छ। यातायात व्यवस्था विभागले विश्वभर फैलिँदै गइरहेको नयाँ भेरिएन्टको कोभिड–१९ महामारीका कारण देखाउँदै अनलाइन आवेदन बन्द गरेको हो। विभागले अर्को सूचना जारी नभएसम्म आवेदन बन्द हुने जनाएको छ।