आगामी आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी वर्षका रूपमा मनाइने भएको छ ।
यसका लागि राष्ट्रिय भुक्तानी स्विच स्थापना गरिने घोषणा पनि राष्ट्र बैंकले मौद्रिक नीतिबाट गरेको छ ।
विद्युतीय भुक्तानीलाई प्रोत्साहित गर्दै आगामी आवलाई विद्युतीय भुक्तानी वर्षका रूपमा मनाउन तयारी अगाडि बढाइने गभर्नर महाप्रसाद अधिकारी जानकारी दिए ।
पछिल्लो समय विद्युतीय भुक्तानी गर्ने क्रम बढ्दै गएको छ ।