अमेरिकी सांसदले भने– तालिबानका लागि पाकिस्तान सुरक्षित स्थान

काठमाडौं। अमेरिकी एक जना सांसदले पाकिस्तानलाई तालिवान आतंकवादीलाई सुरक्षित आश्रय प्रदान गरेको आरोप लगाएका छन्। अमेरिकी सिनेको आम्र्ड सर्विस कमिटीका अध्यक्ष ज्याक रीडले भने, “तालिबान सफल हुनुको प्रमुख कारण यो हो की पाकिस्तानमा उनीहरुले पाइरहेको सुरक्षित आश्रय भत्काउन अमेरिका विफल भयो ।”पाकिस्तानको आइएसआईले तालिवानलाई अमेरिकाविरुद्ध लड्न सघाइरहेको आरोप समेत उनले लगाएका छन्।