सरकारको जोड नीतिगत सुधारमा

सरकारी अधिकारीहरुले लगानीमैत्री वातावरणका लागि नीतिगत सुधार भइरहेको दाबी गरे पनि निजी क्षेत्रले भने विश्वासयोग्य आधार तयार नभइसकेको प्रतिक्रिया दिएको छ । नेपाल उद्योग परिसंघले बिहीबार राजधानीमा आयोजना गरेको ‘नेपाल उद्यमशीलता सम्मेलन–२०१९’ मा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित प्रदेशका उद्योगमन्त्रीहरुले नीतिगत सुधार भइरहेको दाबी गरका छन् । उनीहरुले मुलुकमा लगानीको अथाह सम्भावना रहेको र सरकारले विभिन्न ऐन तथा नीतिको सुधारमार्फत सहजीकरण गरेको दावी गरेका हुन् ।