रुपन्देहीमा सत्तारुढ गठबन्धनको रणनीति : एमाले बलियो भएका स्थानीय तहमा मात्र तालमेल गर्ने

सत्तारुढ गठबन्धनले रुपन्देही जिल्लाका केही पालिकामा तालमेल नगर्ने निर्णय गरेको छ । जिल्लास्तरीय गठबन्धनको बैठकले ती पालिकामा आपसमा स्वच्छ प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो । गठबन्धनको केन्द्रीय बैठकले आपसमा तालमेल गरेर स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरे पनि जिल्लाका ६ वटा पालिकामा दलहरु एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिने भएका छन् ।खासगरी एमाले बलियो भएको ठाउँमा मात्र सत्तारुढ गठबन्धनबीच तालमेल गर्ने तयारी भएको हो । गठबन्धनको पछिल्लो बैठकले रुपन्देहीमा ६ वटा स्थानीय तहमा सत्तारुढ