रौतहटको चन्द्रनिगाहपुरस्थित कृषि सामग्री कम्पनीको शाखा कार्यालयका लागि वीरगञ्जबाट ल्याउँदै गरेको एक ट्रक युरिया मल बाटोबाटै मिलोमतोमा गायब भएको पाइएको छ । घटनामा संलग्न रहेको आरोपमा बिहीबार थप ४ सहित ९ जनालाई पक्राउ गरेको छ । मल गायब गर्ने गिरोहको पहिचान सहित प्रहरीले खोजीको सूचीमा राखेको छ ।