लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले गर्यो ९ निर्णय

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद बैठकले विभिन्न ९ निर्णय गरेको छ । सोमबार साँझ बसेको बैठकले लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना स्वीकृतीदेखि  परिमार्जित सञ्चार  विद्येयक प्रदेशसभामा प्रवेश गर्न स्वीकृती दिनेसम्मका निर्णय गरेको हो । लुम्बिनी प्रदेशमा २०७९ सालको सार्वजनिक, पर्व विदा र कार्यालय समय पनि स्वीकृती गरेको छ । यस्तै कानुन महिला तथा बालबालिका मन्त्रालयले विज्ञ सदस्य तथा सदस्यहरु मनोनीत गर्ने भएको छ । लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने पनि बैठकले निर्णय गरेको छ ।य

सम्बन्धित सामग्री

फागुन ३ गते लुम्बिनी प्रदेशमा सार्वजनिक विदा

लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको निर्णय गरिएको जानकारी दिएको छ ।प्रदेश आन्तिरक मामिला मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मन्त्रिपरिषद बैठक २०७७ चैत्र १३ को निणर्यनुसार फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा दिने सूचना जारी गरेको छ ।यसअघि प्रदेश सरकारले फागुन ३ गते प्रदेश स्थापना दिवस दाडमा मनाउने निर्णय गरिसकेको छ ।

लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठक : यस्ता छन् ९ निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद  बैठकले ९ वटा निर्णय गरेको हो । जसमा गाउँपालिका केन्द्र परिवर्तन गर्न सरकारलाई प्रस्ताव गर्नेदेखि  कानून मस्यौदा कार्यदलका सदस्यहरु नियुक्ती सम्मका निर्णय रहेका छन् । बैठकले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्टबाट डा.राजेन्द्र खनाललाई हटाउने निर्णय गरेको छ । उनको स्थानमा डा.इन्द्र ढकाललाई निमित्त मेसु नियुक्त गर्ने र डा. खनाललाई कोभिड अस्पताल सञ्चालन तथा व्यवस्थापन समि