कोरोनाविरुद्ध सरकारको २३ बुँदे कार्ययोजना

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाको तेस्रो लहरको सामना गर्न उच्च प्राथमिकता राखेर ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणसम्बन्धी २३ बुँदे नीतिगत प्रतिबद्धता र कार्ययोजना’ सार्वजनिक गर्नुभएको छ । राज्यमन्त्रीमा नियुक्त हुनुभएपछि महामारी नियन्त्रणबारे सरकारको स्वास्थ्य नीति सोमबार सार्वजनिक गर्नुहुँदै उहाँले नेपालीका लागि जम्मा पाँच करोड २३ लाख खोप खपत हुने जानकारी दिनुुभयो । यसैगरी राज्यमन्त्री श्रेष्ठले खोप कूूटनीतिलाई उच्च प्राथमिकतामा राखिने र दोस्रो मात्रा खोपको प्रतीक्षामा रहनुभएका ज्येष्ठ नागरिकलाई अविलम्ब खोपको व्यवस्थापन गर्ने जानकारी पनि दिनुभयो ।

सम्बन्धित सामग्री

कोभिड–१९ को दोस्रो लहर : तहगत व्यवस्थापन कार्ययोजना ल्याउन सुझाव

स्थानीय तहका जनप्रतिनिधिले दैनिक बढ्दै गएको कोरोना रोकथाम र नियन्त्रणका लागि तीनै तहको तहगत व्यवस्थापनको स्पष्ट खाकासहितको कार्ययोजना ल्याउन सङ्घीय सरकारलाई सुझाव दिएका छन् । दैनिक बढ्दै गएको कोरोना तीनै तहको तहगत व्यवस्थापनमा मात्र कोरोनाविरुद्ध लड्न सकिने भएकाले सङ्घ, प्रदेश र स्थानीय तहले आआफ्नो जिम्मेवारीसहितको स्पष्ट खाका सङ्घीय सरकारले ल्याउनुपर्ने उहाँहरूले औँल्याएका हुन्। नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले सङ्घीय सरकारले सङ्घ, प्रदेश र स्थानीय तहले आर्थिक तथा भौत...