ओमानद्वारा नेपाललाई २१२ रनको लक्ष्य, करणको कसिलो बलिङ

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई २१२ रनको लक्ष्य दिएको छ । अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २११ रन बनाएको हो । ओमानका लागि कप्तान जिसन मक्सुदले शतकीय पारी खेले । १२६ बल खेलेका उनले १२ चौका प्रहार गर्दै १०४ रन जोडे । त्यस्तै खवार अलीले ३० रनको योगदान गर्दा सविब खानले २७ रनको योगदान गरे । बलिङतर्फ नेपालका लागि करण केसीले सर्वाधिक