डिप्रेशन कारण र समाधान (भिडियोसहित)

काठमाडौँ । कार्यव्यस्तता, कुनै अकस्मात आइलाग्ने विपत्ति, आर्थिक वा अन्य कारणले अचेल धेरैजसो मानिसहरु मानसिक रोगी हुने गरेका छन् । मानसिक रोग विभिन्न प्रकृतिका छन् । त्यसमा डिप्रेशन सबैभन्दा बढी मानिसलाई ...

सम्बन्धित सामग्री

गाउँदेखि महानगरसम्मै बाँदर आतंक : कारण र समाधान

'बाँदर व्यवस्थापन’ सबैभन्दा चुनौतीपूर्ण विषय हो, जसको आज नेपालका वन तथा वन्यजन्तु व्यवस्थापकहरूले सामना गरिरहेका छन् ।

एमालेका कारण नागरिकताको समस्या समाधान हुन सकेनः प्रचण्ड

जनकपुरधाम – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कुनै पनि हालतमा नागरिकताको समस्या समाधान गर्ने बताएका छन्। शनिबार सत्ता गठबन्धनको जनकपुरधाममा आयोजित चुनावी सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरुले नागरिकताको समस्या समाधान गर्न प्रयास गर्दा पनि नेकपा एमालेका कारण समस्या समाधान हुन नसकेको बताए। उनले भने, ‘हामीले नागरिकताको समस्या समाधान गर्न छलफल गर्‍यौँ। […]

लागू पदार्थ दुव्र्यसन : कारण र समाधान

विभिन्न मादक पदार्थ, लागू तथा पेय पदार्थ जसले मानिसको दिमागलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हानि पु-याउँछ, त्यस्ता वस्तुहरूलाई लागू पदार्थ भनिन्छ, जसको सेवन तथा प्रयोगले व्यक्तिको मानसिक स्थिति तथा शारीरिक स्थितिमा परिवर्तन हुन्छ । यसलाई नशा पनि भन्ने गरिन्छ । लागू पदार्थको प्रयोगबाट निस्कने परिणाम निकै नै डरलाग्दो हुन्छ । यसले व्यक्ति स्वयंलाई मात्र नभएर […]

तरलता समस्याः कारण र समाधान

नन्दलाल खरेलतरलता भनेको बैंकिङ क्षेत्रको ‘लगानी योग्य पुँजी’ हो । तरलता बढ्नु भनेको अर्थतन्त्रको सकारात्मक सूचकाङ्क हो भने तरलताको अभाव हुनु भनेको मुलुकको आर्थिक संकटको खतरा हो । नेपालको बैंकिङ क्षेत्रमा तरलता समस्या सधैंको टाउको दुखाइ बनिरहेको छ । यही समस्याको कारण हाम्रो देशमा बैंक व्याजदर छोटो समयमा उतारचढाव भइरहेको छ । नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाहरुलाई लगानी निक्षेप अनुपात ९० प्रतिशतको सिमा दिएको छ । पुस मसान्तसम्म बैंकहरुको औषत सीडी रेसियो ९० दशमलव २४ प्रतिशत पुगेको छ ।  तसर्थ, थप निक्षेप संकलन नगरी बैंकहरुले कर्जा प्रवाह गर्ने अवस्था छैन । बैंकमा तरलता अभाव हुनुको मुख्य कारण के हो ? के अनुत्पादक आयातले तरलतामा चाप पु¥याउँछ ? कतै न्यून पूँजीगत खर्चको कारणले तरलताको अभाव भएको त होइन ? कि बैंकहरुले उच्च मुनाफा कमाउन खोजेकोले तरलताको अभाव भएको हो ? कतै अस्थिर व्याजदरका कारणले तरलतामा चाप आएको त होइन? तरलता अभाव रहँदा अर्थतन्त्रमा नगदको प्रवेग गति कम हुँदा समग्र अर्थतन्त्रलाई मन्दीतर्पm धलेक्ने त होइन? कतै नेपाल राष्ट्र बैंकले परिवर्तन गरेको नीतिको कारण सिर्जना भएको समस्या त होइन ? यसबारे गंभीर बहस हुन जरुरी छ । अन्यथा हाम्रो देशले आर्थिक संकट भोग्नु नपर्ला भन्न सकिन्न ।पुँजीगत खर्चलाई वित्तीय क्षेत्रमा तरलता अभावको समस्याको रुपमा जोडेर हेरिएको छ । सरकारले पुँजीगत बजेटको खर्च बढाउन नसकेकोले तरलता समस्या भयो भन्ने तर्क पनि छ । व्यवसायीहरुले पनि अनुत्पादक क्षेत्रमा खर्च बढाएर यो समस्या निम्त्याइरहेको सरकारको दावी छ । अनुत्पादक क्षेत्रमा आयात बढ्नु भनेको विदेशी मुद्रा सञ्चितिलाई असर पर्नु र देशभित्र चाहिँ उत्पादकमूलक अर्थतन्त्र कमजोर हुनु हो । तर, निर्यात बढी भएको भए सो बराबर आर्जित विदेशी मुद्रा बरावरको डलर बजारमा गएर तरलता प्रभाव हुन्थ्यो । केही वर्ष अघिदेखि बैंकिङ क्षेत्रमा समय समयमा तरलता अभावले मुलुकको आर्थिक एवं आय आर्जनमा ठूलो प्रभाव पार्छ । किनकि सस्तो ब्याजदरमा कर्जा लिने ऋणीले बढ्दो व्याजदर अनुसार कर्जाको किस्ता तिर्न सक्दैनन् र विस्तारै यो कर्जा खराब कर्जामा परिणत हुन्छ । जसका कारण बेरोजगारी बढ्छ, उत्पादनमा कमी आउँछ र विकास निर्माण प्रभावित हुन्छ त्यति मात्र होइन व्यापार व्यवसाय, वाणिज्य क्षेत्रमा मन्दी आउँछ । त्यसका साथसाथै उत्पादन लागत पनि बढ्छ । उत्पादन लागत बढ्दा निर्माणाधीन विकासका काम समयमा नहुने र अन्तगोगत्वा मुलुक आर्थिक संकटमा फस्ने डर प्रबल रहन्छ । निजीक्षेत्रबाट सञ्चालित परियोजना तथा उद्योग व्यवसायहरु प्राय हेर्ने हो भने कुल लागतमा ७०–८० प्रतिशतको हाराहारीमा बैंकको ऋण हुन्छ । बैंकको व्याज सस्तो भयो भने उत्पादन लागत सस्तो हुन्छ । ब्याज महँगो भयो भने उत्पादन लागत पनि महँगो हुन्छ । लागत सस्तो प¥यो भने त्यसले बजारमा प्रतिस्पर्धी क्षमता बढाउँछ  । त्यतिमात्र होइन आन्तरिक बजारमा मुल्यवृद्धि कम भई समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ । तर, त्यसो नभएर उच्च व्याजदरका कारण लागत बढ्यो भने एकातिर व्यवसायीहरुको प्रतिस्पर्धी क्षमता कमजोर हुन्छ भने अर्कोतिर समग्र अर्थतन्त्र नै महँगो हुन्छ । बैंकहरुमा नगद अभाव हुनुका पछाडि विकास खर्च अर्थात पुँजीगत खर्च कम हुनु एउटा कारण हो भने अनुत्पादक आयात पनि बैंकिङ तरलताको अर्को प्रमुख कारण हो । उत्पादक क्षेत्रमा प्रयोग नहुने वस्तुको लागि विदेशीने रकमलाई अनुत्पादक आयातको रुपमा लिइन्छ । अनुत्पादक आयात बढ्दा विदेशी मुद्रा सञ्चितिलाई असर पर्दछ भने अर्कोतिर देशभित्र चाहिँ उत्पादनमूलक अर्थतन्त्र कमजोर हुन्छ । पछिल्लो वर्षहरुमा अनुत्पादक आयात बढिरहेको छ । इन्धन खपत, सवारी साधन र पार्टपुर्जा, सुनचाँदी, कृषिजन्य वस्तु आदि आयात हुनु भनेको अनुत्पादक आयात हो । भन्सार विभागको तथ्यांक अनुसार ६ महिनाको आंकडा हेर्दा पेट्रोलियम पद्धार्थको आयात मात्र एक खर्व ५३ अर्व रुपैया भइसकेको छ । यस्तै ६१ अर्व ७७ करोड ६४ लाख रुपैयाको सवारी साधन, ७६ अर्व ३३ करोड रुपैयाको मेसिनरी पार्टस्, ४२ अर्व ७२ करोड रुपैयाको खाद्यान्न ७८ अर्व ९ करोड वनस्पति तेल तथा घिउजन्य वस्तुको आयात भएको छ । सरकारले उच्च आयात नियन्त्रण गर्न पुष पहिलो साता नियन्त्रात्मक प्रावधान ल्याएको थियो । आंकडमा भने त्यसले उल्लेखनीय काम गरेको देखिदैन । पुस महिनामा मात्र एक खर्व ६१ अर्व रुपैयाँ बराबरको वस्तु आयात भएको छ । आयात बढ्दै गएपछि सरकारले विलासी वस्तुको आयतमा रोक लगाएको थियो । बित्तीय तरलताको अभाव हुनुको प्रमुख कारण कमजोर पुँजीगत खर्च हो । विगत एक दशकदेखि त पुँजीगत खर्च असाध्यै ठूलो समस्याको रुपमा आएको छ । जसले गर्दा हरेक आर्थिक वर्षमा फ्रिज हुने रकम बढ्दो छ । विकासको लागि छुट्याएको रकम सरकारले पूर्ण रुपमा समयमै खर्च गर्ने हो भने मजदुर, मालिक, उद्योगपति, व्यवसायी, बैंक सवैतिर घुम्छ । अन्तोगत्वा बैंकमा निक्षेप गर्ने निक्षेपकर्ता र ऋण लिने ऋणिको विचमा सन्तुलन आउँछ । त्यतिमात्र होइन मुलुकको आर्थिक वृद्धिदर बढ्नुका साथै मुलुक औद्योगीककरण तर्पm गई रोजगारीको सिर्जना हुन्छ । निक्षेपकर्ताले आफ्नो रकमको सुरक्षा र ब्याजको आकर्षणले गर्दा आफ्नो बचतलाई बैंकमा निक्षेप गर्छन् । निक्षेप कर्ताको सुरुमा निक्षेप गर्दा एउटा व्याजदरको सर्त हुन्छ । तर, पछि बैंकको ब्याजदरमा परिवर्तन भएको छ भनि बैंकबाट निक्षेप कर्ताले कम ब्याजदरमा पैसा पाउँछ । अर्कोतिर बैंकको ऋणीहरुले सुरुमा एउटा सर्तमा ऋण लिन्छन् पछि उनीहरुले लगेको ऋणको ब्याजदर बढ्न गई ऋणीलाई मारमा पारिन्छ । ब्याजदरमा बढ्दो विकृतिले बैंकप्रति निक्षेप कर्ताको विश्वास घटेकोले वित्तीय तरलताको अभाव हुन्छ भने ऋण लैजाने व्यक्तिले रकम तिर्न नसकी खराब कर्जामा परिणत हुन्छ । ब्याजदर धेरै बढ्दा विभिन्न ठूला परियोजनाहरु जस्तै जलविद्युत, सिमेन्ट कारखाना आदि उत्पादकहरुले काम अघि बढाउन सक्दैन त्यतिमात्र होइन महँगो ब्याज तिरेर उद्योग स्थापना गर्ने आँट पनि उद्योगपतिहरुले गर्दैनन् । लगानीकर्ताहरुले पर्ख र हेरको अवस्थामा हुन्छन् । तसर्थ वित्तीय तरलतालाई अभाव हुन नदिन ब्याज दरमा स्थिरता ल्याउँन अनिवार्य छ । वित्तीय संस्थाहरुले आफ्नो औकातभन्दा बढी लगानी गरी उच्च मुनाफा कमाउन खोजेको देखिन्छ । हामीले एउटा भाँडोमा थोरै राख्ने धेरै निकाल्ने गरिरहेका छौं । यसले एकातिर वित्तीय संस्थाहरुसँग लगानी योग्य पैसाको अभाव भयो । पैसाको माग बढी हुने, आपूर्ति कम हुने भएपछि ब्याजदर बढ्न थाल्यो, यस्तो अवस्थामा खराब कर्जामा परिणत भई बैंक तथा वित्तीय संस्था नै डुब्ने अवस्थामा देखिन्छ । तसर्थ वित्तीय संस्थाहरुले बढी महत्वकांक्षी योजना बनाउनु हुँदैन । आफ्नो औकातभन्दा बढी लगानी गरी उच्च मुनाफा कमाउने सपनाको अन्त्य गर्नुपर्छ तबमात्र वित्तीय तलरताको अभावको सिर्जना हुँदैन । तरलताको समस्याको विषयमा बैंकर कृष्ण शर्मा भन्छन्, ‘अहिले तरलताको अभाव छ । यस्तो अवस्थामा बैंकहरु पनि निक्षेपभन्दा धेरै लगानी गर्ने गरी जानु हुदैन । बैंकहरुले आपैm पनि व्यवस्थापन गर्नु प¥यो । जुन रेसियोमा निक्षेप वृद्धि हुन्छ सोही रेसियोमा लगानीहरु पनि वृद्धि गर्नुपर्यो । पुरानो स्वीकृति भएको लगानीको अनुपात पनि हेर्नुपर्यो । यी सबै मिलाएर तरलता व्यवस्थापन गर्दै जाने हो भने अलिकति सहज हुँदै जान्छ । सरकारको खर्च पनि बढ्ला । आयातमा पनि राष्ट्र बैंकले कडाइ गरेका कारण आयात पनि घट्ला, त्यसले पनि केही तरलता व्यवस्थापन हुन्छ जस्तो लाग्छ । मुलुक अहिले जसले जे भने पनि यहाँको राजनीतिक मात्र होइन आर्थिक नीतिहरु पनि सामाज्यवादीहरुको इशारामा दलाल पुँजीपतिको हातमा गएको छ । यिनीहरुले ग्लोबलाइजेसन, खुला बजारमुखी अर्थतन्त्र, निजीकरणको नीति अगाडि सारेका छन् भने विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, एसियन बैंक र युरोपियन युनियनजस्ता साम्राज्यवादी वित्तीय संस्थाहरुका माध्यमबाट गरिव मुलुकहरुलाई आफ्नो प्रभाव कायम राखी आर्थिक दोहन गरिरहेका छन् । हाम्रा शासकहरु उनीहरुको नीतिमा हिँडी प्रत्यक्ष÷अप्रत्यक्ष रुपबाट आर्थिक लाभ लिइराखेका छन् । यिनीहरु उल्टै समृद्धिको ठूलो ठूलो सपना बाँढी जनातालाई झुक्याइराखेका छन् । यसतर्पm आम नेपाली बेलैमा सचेत रहनुपर्छ । खरेल अर्थराजनीतिक विश्लेषक हुन् ।

बेरोजगारी समस्याका कारण र समाधान

बेरोजगारी भन्नाले जीविकोपार्जनका लागि आवश्यक पर्ने काम, इलम, पेसा वा व्यवसाय नभएको अवस्थालाई बुझिन्छ । बेरोजगारीका कारण एकातर्फ पारिवारिक कलह, झैझगडा, गरिबी, अशान्ति, हिंसा, कुलत र दुव्र्यसनीजस्ता विकृति बढ्न गई सामाजिक अपराजन्य घटनाहरू बढ्न जान्छन् भने अर्कातर्फ मुलुकमा आर्थिक प्रगतिले गति लिन सक्दैन । नेपालमा बेरोजगारी समस्या उत्पन्न हुनुको कारण देशमा पर्याप्त रोजगारीका अवसरहरू सिर्जना […]

तरलता समस्या, कारण र समाधान

नेपालको बैंकिङ्ग उद्योगले आठ दशक लामो यात्रा तय गरिसकेको छ । वि.सं. १९८४ मा नेपाल बैंक लिमिटेड स्थापनासँगै शुरू भएको बैकिङ्ग उद्योगमा २०४६ सालको परिवर्तनपछि नेपाल सरकारले अवलम्बन गरेको खुला अर्थनीतिको कारण मलजल पुग्यो । तत्कालीन नेकपा (माओवादी) ले संचालन गरेको १० वर्षे विद्रोहका कारण त्यसबेला खुलेका निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूले ठूलो व्यापार गर्न सकेनन् । तथापि, बैंक तथा वित्तीय संस्थाहरू संख्यात्मक र गुणात्मक रूपमा फस्टाइरहेकै थिए । २०६२÷६३ को दोस्रो जनआन्दोलनपछि भने न

वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक लाञ्छना : कारण र समाधान

कमाउन परदेश जानेहरुको कमाइले उसको घर मात्रै होइन, देशकै अर्थतन्त्र धानेको छ । वैदेशिक रोजगारीकै कारण दुर्गम गाउँठाउँका बासिन्दाको शिक्षा र स्वास्थ्यमा पहुँच बढेको छ । तर  वैदेशिक रोजगारीको सकारात्मक पाटा मात्रै छैनन्, नकारात्मक पाटा पनि उत्तिकै छन् । श्रमिकको मृत्यु, अपाङ्गता, परिवारिक विखण्डन, पारिवारिक झगडा, लामो समयसम्म छुटेर बस्दा सम्बन्धमा तनाव लगायतका असर एकातिर छन् भने अर्कोतिर, वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यले विभिन्न सामाजिक लाञ्छना खेप्नु परेको छ ।   पुरुषजस्तै महिला पनि यदि कमाउन वैदेशिक रोजग...

जाडोमा छालामा सुक्खापनको समस्या : कारण र समाधान

जाडो याम सुरु भएको छ । जाडोमा धेरैले भोग्ने थुप्रै समस्यामध्ये छालामा हुने सुक्खापन पनि हो । जाडोमा खासगरी छाला रुखो हुने, हात गोडा फुट्ने, छाला चिलाउने, छालाको पत्र निस्कने, अनुहारमा चाया—पोतो आउने लगायत समस्या हुन्छ । यस्तै टाउकोमा चाया पर्ने गर्दछ ।सुक्खापन देखिने कारणःनियमित औषधि सेवन गर्नेको छालामा बढी सुक्खापन आउने वीर अस्पतालकी छाला रोग विशेषज्ञ डा. लैला लामा बताउँछिन् । सुगर, ब्लड प्रेसर, किड्नीको औषधि प्रयोग गर्नेको छालामा सुक्खापना बढी देखिने उनको भनाइ छ ।जाडोमा पानी कम पिउँ

संसद पुनःस्थापना भएपनि नेकपाका कारण समस्या समाधान हुने देखिँदैनः ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद पुनःस्थापना भएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कारण समस्या समाधान नहुने बताएका छन् । आईतबार जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह) बीच पार्टी एकिकरण घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संसद पुनःस्थापना भएपनि सत्तारुढ नेकपाका कारण समस्या समाधान नहुने बताएका हुन् । संसद पुनःस्थापना भएपनि सत्तारुढ नेकपा कानूनी रुपमा विभाजित नभएको अवस्था भएकोले सत्ता नेकपाकै हातमा जाने र यस

राजनीतिक चक्रव्यूहका कारण र समाधान

सत्तास्वार्थको आहालमा डुबेर प्रधानमन्त्री ओलीले जे गर्नुभयो यसबाट राष्ट्रले ठूलो क्षति व्यहोरिरहेको छ, यो इतिहासमा क्रूर अपराधको रूपमा रहनेछ  नेपाल यतिवेला राजनीतिक संकटको भुमरीमा फसेको छ । जनताको अपेक्षा, राष्ट्रिय आत्मनिर्भरताको...