काठमाण्डौको सिनामङ्गलमा प्रहरीले गोली चलायो, एक जना पक्राउ

काठमाण्डाै – काठमाण्डौको सिनामङ्गलमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध ओसारपसारको आशङ्कामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार सिनामङ्गलको शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । गोली लागेर घाइते भएका भगतको अहिले काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको साथबाट सय ग्राम लागुऔषध बरामद भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।