अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपतिलाई ‘युद्ध अपराधी’ भनेका छन्। राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बुधबार पत्रकारको प्रश्नको जवाफ दिने क्रममा बाइडेनले पुटिनलाई युद्ध अपराधीको संज्ञा दिएका हुन्। बाइडेनको टिप्पणीले कूटनीतिक तनाव बढाएको छ। युक्रेनमाथि गरेको आक्रमणलाई लिएर पुटिनको निन्दा गर्ने क्रममा बाइडेनले पहिलोपटक युद्ध अपराधी भनेका हुन्। ह्वाइट हाउसले पछि त्यसबारे स्पष्ट पार्दै बाइडेनले आफ्नो […]