कांग्रेस पार्टी कार्यालय सानेपामा कोइराला समूहको धर्ना

काठमाडौँ। नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ। मंसिर ४ गते हुन लागेको निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै कोइराला समूहले धर्ना दिएको हो। समानुपातिक उम्मेदवारको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक चलिरहँदा सानेपास्थित पार्टी कार्यालयमा बुधबार कोइराला समूहका नेताहरूले धर्ना सुरु गरेका हुन्।