धान रोप्ने वेला कैलालीका किसानलाई मलको प्रतीक्षामा बस्नुपर्ने बाध्यता भएको छ । धान रोप्नका लागि बेर्ना तयार भए पनि रासायनिक मल नआएपछि रोपाइ गर्न ढिलाइ भएको किसानको गुनासो छ । ‘धान रोप्दा डिएपी मल चाहिन्छ,’ धनगढीका पदम भण्डारीले भने, ‘तर अहिले सम्म मल पाइएको छैन, बेर्ना तयार भइसक्यो ।’ आफ्नो जमिन पानी जम्ने होचो स्थानमा रहेको बताउँदै उनले वर्षा सुरु हुनअघि नै रोपाई गरिनसके पछि खेत बाँझै राख्नुपर्ने अवस्था आउन सक्ने बताए । ‘वर्षा सुरु भएपछि खेतमा पानीको ताल