सुदूरपश्चिममा बजेट शून्यता : पेस्की वा नयाँ बजेट ल्याउने भन्नेमा द्विविधा

साउन १ देखि बजेट शून्यताको अवस्था झेलिरहेको सुदूरपश्चिम सरकारले एक साताअघि अध्यादेशमार्फत ‘सामयिक राजस्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१’ ल्याएपछि राजस्व संकलनको बाटो भने खुलेको छ । तर बजेट विनियोजनसम्बन्धी कानुन ल्याउन नसकेकाले सरकार भने पूर्ण रूपमा बेखर्ची बनेको छ ।

सम्बन्धित सामग्री

सुदुरपश्चिममा बजेट शून्यता, सरकारले आजबाट रकम खर्चिन र कर उठाउन नसक्ने

‘प्रदेश प्रमुखले सदन अन्त्य गरिदिएमा हामी अध्यादेशबाट बजेट ल्याउने तयारीमा छौँ, तर त्यसो भएन भने एक, दुई दिनमा पेस्की बजेट आउन सक्छ’ आर्थिक मामिला मन्त्री अक्कलबहादुर रावलले भने। ‘मुख्यमन्त्रीज्यू राजीनामा दिनुहुन्न, हामी विश्वासको मतको ‘फेस’ गर्न पनि सक्छौँ, अथवा राजीनामा दिए पनि अन्तिम दिन मात्रै दिन्छौँ।’