काठमाडौँ । आज बस्न लागेको सर्वदलीय बैठक अघि सत्तारूढ दलको बैठक बस्दैछ। सत्तारुढ दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दिउँसो ३ बजे बस्न लागेको हो।
जनमोर्चाकी नेतृ दुर्गा पौडेलका अनुसार सर्वदलीय बैठक अघि विभिन्न राष्ट्रिय मुद्दामा सत्तारूढ दल भित्र साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको हो।