प्रधानमन्त्रीज्यू, बुद्धको देशमा शान्तिको भाषा हुन्छ, शक्ति र धम्कीको भाषा हुँदैन : याेगेश भट्टराई

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न चेतावनी दिनुभएको छ ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधवार गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन मङ्गलवार ललितपुरमा गरिएको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीलाई शक्ति र धम्की भाषा प्रयोग नगर्न चेतावनी दिनुभएको हो । मङ्गलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान समारोह गरेर गुटगत भेला गरे कारबाही हुन स...