६ नेपालीको शव ल्याउने वातावरण मिलाइदिन आग्रह

काठमाडौं  ।  रूसी सेनामा भर्ना भएर युक्रेन युद्धमा सहभागी भएर मारिएका ६ जना नेपालीको शव नेपाल ल्याउने वातावरण मिलाइदिन नेपाल सरकारले रूस सरकारलाई आग्रह गरेको छ । सोमबार विज्ञप्तिमार्फत् सरकारले अहिलेसम्म रूसी सेनामा भर्ती भएर ६ नेपालीले सहादत प्राप्त गरेको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, […]