सुर्खेत : कर्णाली प्रदेशको सुविधा समपन्न अस्पतालको रुपमा रहेको प्रदेश अस्पताल कालागाउँमा कोरोना संक्रमितको चाप दिनप्रतिदिन कम हुँदै गएको छ।कोरोनाको दोस्रो भेरियन्ट फैलिएसँगै उक्त अस्पतालमा एकै दिन करिब १० प्रतिशतले ज्यान गुमाउनुपरेको थियो। तर यो समय अघिपछि पनि अस्पतालमा प्रायः दुई प्रतिशतले कोरोना संक्रमितहरूले ज्यान गुमाएका छन्।प्रदेशकै ठूलो र सम्पन्न अस्पताल भएका कारण सुर्खेत जिल्ला मात्र नभएर प्रदेशका अन्य जिल्लाबाट रिफर गरिएका बिरामीलाई यही अस्पतालले हेर्नुपर्ने बाध्यता छ। कर्णालीका अन्