सिटिजन लाइफको आईपीओ डिम्याट खातामा

काठमाडौं । सिटिजन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएको छ । सीएलआईको संकेतबाट कम्पनीको शेयर डिम्याट खातामा देखिएको हो । कम्पनीले भदौ १५ देखि १९ गतेसम्म अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता रू. २४४ मा ९० लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । कम्पनी नेप्सेमा सूचीकृत भएपछि यसको शेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।