इङ्गेजमेन्ट तोडेपछि पूर्वप्रेमीसँग बस्दै जेनिफर

काठमाडौं। इङ्गेजमेन्ट नै तोडेकी हलिउड गायिका तथा नायिका जेनिफर लोपेज यतिबेला पूर्वप्रेमीसँग बस्दै आएकी छन्। एलेक्स रोड्रिगेजसँग इङ्गेजमेन्ट तोडेकी जेनिफर यतिबेला पूर्वप्रेमी तथा ब्याटमेन अभिनेता बेन एफ्लेकसँग लस एन्जलसमा बस्न थालेकी हुन्।उनीहरु दुवैजना कुनै सार्वजनिक कार्यक्रममा नदेखिएपनि सँगै बस्दै आएका छन्। एउटै गाडीमा आवतजावत गर्ने गरेको समेत देखिएका छन्।जसले गर्दा उनीहरु फेरि एकआपसमा मिलेको तर्क समेत गर्ने गरिएको छ।