विकास निर्माणको नाममा नदी उत्खनन, सतह गहिरिँदै जाँदा भूक्षयको खतरा

रुपन्देही । हरेक वर्ष चैतमा नदीजन्य पदार्थ निकासीका लागि भन्दै स्थानीय तहहरूले धमाधम ठेक्का आह्वान गर्ने र सोही अनुरूप क्रसर उद्योगहरूले ठेक्का लिएको खोलालाई भस्मासुर रूपमा उत्खनन गर्ने चलन जेठ ताक देख्न सकिन्छ । स्थानीय तहको प्रमुख आय मानिने खोलामा सबै तह सम्मको आँखा गडेको हुन्छ ।