चितवन : नेकपा (एमाले) को आसन्न १०औँ महाधिवेशनको अवधिभर पर्यटकीय क्षेत्र सौराहाका होटलका कोठा ‘बुकिङ’ गरिएका छन्।मंसिर १०, ११ र १२ गते आयोजना हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिलाई आवासका लागि कोठा बुकिङ गरिएका हुन्। महाधिवेशनका लागि एमालेले तीन हजार ५०० कोठा बुकिङ गरेको जनाएको छ। यसका लागि क्षेत्रीय होटल संघ सौराहासँग पार्टीले सम्झौता गरेको छ। संघका अध्यक्ष दीपक भट्टराईका अनुसार सम्झौता गरिएका कोठासमेत पुर्याउन मुस्किल परेको छ। यतिबेलाका लागि पहिले नै पर्यटकको बुक