हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्‍यु

२१ वैशाख, हेटौंडा । हेटौंडा अस्पतालमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । हेटौंडा-६ की ४१ वर्षीया महिलाको मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लले जानकारी दिए । छातिमा निमोनिया फैलिएको उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै हेटौंडा अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४ पुगेको छ । […]