६ वर्षदेखि मलेसिया रोजगारीमा, यता एसइईमा ल्याए २.७५ जिपिए !

काठमाडौं : ६ वर्षदेखि मलेसिया गएका एक जनाले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा २.७५ जिपिए ल्याएका छन्।सप्तकोशी नगरपालिका-१० सप्तरीका २६ वर्षीय गोपाल प्रसाद सन्तले त्यहाँको जनता माध्यमिक विद्यालय भगनी मलेठबाट एसइई पास गरेका नगरपालिकाका सूचना प्रविधि अधिकृत महानन्द चौधरीले जानकारी दिए।उनका अनुसार सन्त राेजगारी सिलसिलामा मलेसिया छन्। उनले २०७७ सालको एसइईमा २.७५ जिपिए ल्याएका चाैधरीले बताए। यो जानकारी बाहिर फैलिएपछि नगरपालिकाले विद्यालयलाई पत्रसमेत पठाएको चाैधरीले जनाए

सम्बन्धित सामग्री

६ वर्षदेखि मलेसिया रहेका गोपाल प्रसादले ल्याए एसईईमा २.७५ जिपिए !

जनकपुरधाम । वैदेशिक रोजगारीका लागि ६ वर्षअघि मलेसिया गएका गोपाल प्रसाद सन्तले यसपालिको एसईई परीक्षामा २.७५ जिपिए ल्याएका छन् । सप्तकोशी नगरपालिका– १० सप्तरीका २६ वर्षीय गोपाल प्रसाद सन्त स्थानीय जनता माध्यमिक विद्यालय भगनी मलेठबाट एसईई उतीर्ण भएका हुन् । विदेशमा रहेका उनी एसईई उतीर्ण भएपछि गाउँमा चर्चाको विषय बनेको छ । उनका बुवा रामप्रसाद […]