शैक्षिक सत्र विवाद : सरकारी स्कुल भन्छन् जेठमा थालौँ, निजी भन्छन् वैशाखबाटै

काठमाडौं : कोरोनाले बिथोलिएको चालू र नयाँ शैक्षिक सत्रबारे यतिखेर चौतर्फी बहस हुन थालेको छ। सरकारको योजना २०७८ सालको शैक्षिक सत्र असार १ गते शुरु गरेर चैत मसान्तमा सक्ने र ०७९ को नयाँ शैक्षिक सत्र वैशाखबाट थाल्ने रहेको छ।तर, सामुदायिक विद्यालय वैशाखबाट नभई जेठबाट शैक्षिक सत्र शुरु गर्ने बताइरहेका छन् भने निजी विद्यालय भने वैशाखबाटै शुरु गर्ने भन्दै कस्सिएका छन्।यसै सन्दर्भमा आइतबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले राजधानीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्याब्सन, शिक्ष