रौतहतको कटहरीयामा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स Mahalaxmi Life Insurance Company ले रौतहटको कटहरीया नगरपालिकामा “युवा संग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको यो बीमा जागरण कार्यक्रममा ४० जनाभन्दा बढी युवाहरूको सहभागिता थियो । महालक्ष्मी लाईफको क्षेत्रिय प्रमुख दिगम्बर प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीमा जागरण अभियानका केन्द्रीय सदस्य रिषिकान्त गुप्ता, जिल्ला सदस्य रोहित कुमार गुप्ता र राजेश कुमार साहले बीमाको महत्व बारेमा जानकारी गराएका थिए ।क्षेत्रिय प्रमुख दिगम्बर प्रसादले सहभागिहरूलाई प्रशिक्षण दिएका थिए । कार्यक्रम पछि बीमा जागरण राष्ट्रिय अभियान रौतहट जील्ला कमिटि गठन गर्ने विषयमा छलफल तथा सहमति पनि भएको छ ।आश्विन महिनाबाट सुरु भएको “युवा संग महालक्ष्मी लाईफ” बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम अन्तर्गत एक महिनाको अवधिमा नौ वटा जिल्लाको बाह्र स्थानमा यो कार्यक्रम सम्पन्न भईसकेको छ । कार्तिक महिनाभित्र थप ६ वटा जिल्लामा  कार्यक्रम सम्पन्न गरी प्रत्येक जिल्लामा ११ देखि २१ सदस्यीय बीमा जागरण  राष्ट्रिय अभियानको जिल्ला कमिटी गठन गरी उनीहरु मार्फत जिल्ला भित्र बीमा जनचेतना कार्यक्रमलाई अझै प्रभावकारी रुपमा लिएर जाने लक्ष्य रहेको महालक्ष्मी लाइफले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

गुल्मीको रेसुङ्गामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रमअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । आज चैत २० गते सिद्धबाबा माध्यमिक विद्यालयमा सञ्चालित कार्यक्रममा प्लस टु का १ सय २० विद्यार्थीको सहभागिता थियो ।शिक्षक अभिभावक संघका सदस्य विजय शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा शिक्षक टिकाराम खड्काले स्वागत मन्तव्य दिँदै युवाहरुमा बिमासम्बन्धी जागरण ल्याउनु […]

धवलागिरि र मालिकामा युवासँग महालक्ष्मी लाइफ बिमा जागरण अभियान

प्रताप बानियाँ, म्याग्दी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको संयुक्त आयोजनामा बिमासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । युवासँग महालक्ष्मी लाइफ बिमा जागरण राष्ट्रिय अभियान–२०७८ अन्तर्गत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । अभियानको क्रममा पश्चिम म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकाको विभिन्न स्थानमा बिमासम्बन्धी कार्यक्रम गरिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जनाएको छ । […]

झापा र काभ्रेमा ‘युवासँग महालक्ष्मी’ कार्यक्रम

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत सुरु गरेको युवासँग महालक्ष्मी लाइफ कार्यक्रम एकैपटक झापाको सुरूङ्गा, काभ्रेको बनेपा र म्याग्दीमा सम्पन्न गरेको छ ।कम्पनीले कन्काई क्याम्पस सुरुङ्गामा ९० जना स्नातक तहका विद्यार्थीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बिमा सम्बन्धी प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बरिष्ठ सहायक महाप्रवन्धक प्रशान्तराज […]

चन्द्रगढी र पोखरामा 'युवासँग महालक्ष्मी लाईफ' कार्यक्रम

महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको 'युवासँग महालक्ष्मी लाईफ' कार्यक्रम चन्द्रगढी र पोखरामामा सम्पन्न भएको छ। बिरेन्द्र नमुना क्याम्पस, चन्द्रगढि झापामा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा मंसिर २ गते कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ । ५० जना भन्दा बढी युवाहरू उपस्थित उक्त कार्यक्रममा स्वागत मन्तब्य बीमा जागरण अभियानका केन्द्रिय सदस्य  पुनम राजबंसी, मन्तब्य निमित्त क्याम्पस प्रमुख प्रकाश भण्डारीले गरेका थिए।  कार्यक्रममा  रमेश कुमार भट्टराई र प्रशान्त राज धमलाले प्रशिक्षण र बीमाको महत्व तथा आवश्यकताबारे प्रकाश पारेका थिए भने  कार्यक्रम सञ्चालन चन्द्रगढी कार्यालय प्रमुख पारशमणि तिम्सिनाले गरेका थिए ।त्यसै गरी कम्पनीले पोखरा महानगर वडा नं. ३३ कालिकास्थानको सरस्वती टीका मा.बि.मा पोखरा क्षेत्रको पहिलो कार्यक्रम सम्पन्न गरेको छ। सो अभियानको पोखरा महानगरपालिका वडा नं. ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्यले उद्घाटन गरेका थिए। आचार्यले जीवन बीमा अब मानव जिबनको आधारभुत आबश्यकता भैसकेको भन्दै बीमाबारे जागरण ल्याउन महालक्ष्मीको कदम प्रशंसनिय भएको बताए। उनले बीमाले जीवन र परिबारको आर्थिक र पारिबारिक सुरक्षा प्रदान गर्ने हुँदा निश्चिन्त भएर बीमा कार्यमा लाग्न युवाहरुलाइ आग्रह गरे । सो अबसरमा उक्त इन्स्योरेन्सका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले 'युवासँग महालक्ष्मी लाईफ' बीमा जागरण राष्ट्रिय अभियान उद्देश्यको बारेमा प्रशिक्षण प्रदान गरेका थिए। १०० भन्दा बढी युवा बिद्यार्थि सहभागी सो कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्य शिक्षक अभिभाबक संघ अध्यक्ष गणेश प्रसाद ढकाल, सो इन्स्योरेन्सका पोखरा शाखा प्रबन्धक रामजी प्रसाद लम्साल, युवासँग महालक्ष्मी लाईफका केन्द्रिय सदस्य चन्द्र कुमारी राना, एजेन्सी म्यानेजर दिपकराज आचार्य लगायतले जीवन बीमा र यसको महत्व बारेमा प्रकाश पारेका थिए। युवासँग महालक्ष्मी लाईफ पोखराका संयोजक सन्तोष पराजुलिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कम्पनीले जनाएको छ।

बाग्लुङ र बेनीमा युवासँग–महालक्ष्मी लाइफ

काठमाडौं (अस) । महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवा पुस्तामा बीमाबारे जनचेतना जगाउने उद्देश्यले असोज पहिलो साताबाट सुरु गरेको युवासँग–महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान म्याग्दीको बेनी र बागलुङ बजारमा सम्पन्न गरेको छ । बेनी सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ विद्यार्थीले सहभागिता जनाएको कम्पनीले बताएको छ । विद्यालयका प्रधानाध्यापक काशीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एजेन्सी म्यानेजर दिलमाया बिटालुले योजनाबारे अवगत गराए । कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रीय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीलाई बीमासम्बन्धी प्रशिक्षण दिए । यस्तै, असोज १९ गते धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा पनि युवासँग–महालक्ष्मी लाइफ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । २५ विद्यार्थी सहभागी कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले गरे । कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक धमला र क्षेत्रीय प्रमुख आचार्यले बीमासम्बन्धी प्रशिक्षण दिए ।

विराटनगर र धनगढीमा युवासँग महालक्ष्मी लाइफ

काठमाडौं (अस) । महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवामाझ बीमासम्बन्धी जनचेतना जगाउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा सम्पन्न गरेको छ । सिटी कलेज विराटनगरका प्रिन्सिपल तीर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ विद्यार्थी सहभागी थिए । बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटीका संयोजक खडक नारायण उडाउले सञ्चालन गरेको कार्यक्रममा जागरण अभियानका केन्द्रीय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्वबारे प्रकाश पारे । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उप–क्षेत्रीय प्रमुख हिरा निरौलाले सहभागी विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रमपछि एजेन्सी म्यानेजर खडकनारायण उडाउको संयोजकत्वमा २१ सदस्यीय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला समिति गठन गरिएको कम्पनीले बताएको छ । यस्तै, धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा पनि युवासँग महालक्ष्मी लाइफ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख हर्कबहादुर बोहराले बीमा जागरणको महत्वबारे प्रकाश पारे ।

युवासँग 'महालक्ष्मी लाइफ कार्यक्रम' सम्पन्न

बेनी । युवाहरुलाई बिमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा जागरण अभियान अन्तर्गतको ‘युवासँग महालक्ष्मी लाइफ कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीले म्याग्दीको बेनी र बागलुङ बजारमा कार्यक्रम सम्पन्न गरेको हो । आज विहान बेनी सामुदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरुलाई कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।यसै क्रमम

विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवाहरूमा बिमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा सम्पन्न गरेको छ। विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको महालक्ष्मी लाइफले जनाएको छ ।कार्यक्रमपछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बिमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटी गठन गरेको कम्पनीले जनाएको छ । त्यस्तै […]

विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’

महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवाहरूबिच बिमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले विराटनगर र धनगढीमा सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।...