काठमाडौं : कोभिड–१९ को तेस्रो लहरमा लकडाउन बिना नै कोरोना संक्रमणदर ओरालो लाग्न थालेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको विवरणले कोरोना संक्रमणमा कमी आएको देखिएपनि जोखिम कायमै रहेको चिकित्सकहरु बताउँछन्। मन्त्रालयले माघ दोस्रो सातामा दैनिक संक्रमितको संख्या २० हजार पुग्ने प्रक्षेपण गरेको थियो।तर, मन्त्रालयले नै सार्वजनिक गरेको तथ्यांक अनुसार भने तेस्रो लहरमा माघ ६ मा एकै दिन सर्वाधिक १२ हजार ३३८ पुगेको थियो। परीक्षण व्यापक नबनाउँदा दैनिक