काठमाडौँ। काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ ।
बैतडी । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिनुभयो । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
काठमाडौँ- काठमाडौँ उपत्यकामा शनिबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान २ बजेर २६ मिनेटमा उपत्यकामा तीनै जिल्लामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयहरुले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। भूकम्पको केन्द्रविन्दु काठमाडौँ आसपास नै भए पनि विस्तृत विवरण प्राप्त भइसकेको छैन। रातिको समयमा ठूलै झट्का महसुस भएको सर्वसाधारणहरुले सामाजिक सञ्जालमा लेखेका छन्।
बझाङ - बझाङको सैनपसेला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
मापन केन्द्रकाअनुसार सैनपसेला केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लामा पनि महसुस गरिएको छ । क्षतिबारे अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
लम्जुङ । लम्जुङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन् । […]
The post लम्जुङमा भूकम्पको धक्का महसुस appeared first on राजधानी राष्ट्रिय दैनिक.
यहाँ भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।चिसो र रातिका समय भइसकेकाले अधिकांश जिल्लावासी सुतिसकेका थिए । भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन् ।जेठ ५ गते आएको भूकम्पले केही व्यक्तिको मृत्यु हुनुका साथै धेरै धनजनको क्षति गरेको थियो । त्यसयता मात्र साना–ठूला गरी १०० भन्दा बढी पटक भूकम्प गएको छ ।&n
लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त ठाउँमा गएको भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस भएको बताइएको छ ।
आज बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प दार्चुलाको सुनसेरा आसपास भएर गएको केन्द्रले जनाएको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । काठमाडौँमा बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको हो भूकम्पको धक्का काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि महशुस भएको थियो । थप विवरण आउँन बाँकी रहेको केन्द्रले जनाएको छ । यो […]