उत्तर कोरियाले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेर मिसाइल कार्यक्रममा प्रयोग गर्ने गरेको आरोप लागेको छ ।
संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनले उत्तर कोरियाली ह्याकरले क्रिप्टोकरेन्सीमार्फत लाखौँ डलर चोरी गरेको र त्यसलाई देशको क्षेप्यास्त्र विकासमा लगाउने गरेको दाबी गरेको हो ।
सन् २०२० र २०२१ बीचको अवधिमा ह्याकरले ५ करोड डलरभन्दा बढी डिजिटल सम्पत्ति चोरी गरेको प्रतिवेदनले देखाएको बीबीसीले जनाएको छ । पछिल्लो समय यस्तै स्रोतबाट उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रमका लागि रकम जुटाउने गरेको दाबी पनि गरिए...