तपाईंले विश्व इतिहासमा धेरै युद्ध र लडाइँहरूबारे पढ्नुभएको र सुन्नु भएको होला ।
तर, के तपाइँले एउटा तरबुजाका लागि युद्ध लडिएको थाहा पाउनु भएको थियो रु जहाँ हजारौं सैनिकहरू मारिए पनि ।
यो संसारको पहिलो युद्ध हो जुन एउटा मात्र फलको लागि लडिएको थियो ।
यो युद्ध इतिहासमा 'माटिरेको राड' को रूपमा लिपिबद्ध छ । तरबुजालाई भारतको राजस्थानका धेरै इलाकामा मटिरा भनिन्छ र राड भनेको लडाइँ हो । यो अनौठो युद्ध ३७६ वर्षअघि सन् १६४४ मा भएको थियो । तरबुजाको लागि दुई रियासतका जनताबीच लडा...