गुल्मी : गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ। परम्परागत खेतीकै कारण उत्पादन घटेको बताइएको छ।जिल्लाका किसानहरूले परम्परागत रुपमा खेती गर्नु, बगैँचामा सूक्ष्म तत्व, मलखादको प्रयोग नगर्नुका कारण बोट तथा रसिलो फलहरूमा कमी आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ।गत वर्ष छ हजार ९३८ दशमलव ४ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष छ हजार ५७२ दशमलव ४ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए। गत वर्ष २९ करोड ३७ लाख दुई हजार ४७२