बन्चरेडाँडामा बिजोग

काठमाडौं महानरपालिकासहित १७ वटा स्थानीय तहबाट निस्केका १०–१२ टन फोहोर दैनिकरुपमा बन्चरेडाँडा ल्यान्डफिल साइटमा फालिँदै आएको छ । उचित व्यवस्थापन नहुँदा चिल, गिद्धले फोहोरको डंगुरबाट खानका लागि ल्याएका सिनोहरु स्थानीयका घर आँगनमा खसाल्ने, फोहोरको दुर्गन्ध बस्तीभरि फैलिने, फोहोरबाटै झिंगा आउने र खानासमेत खान समस्या भएको स्थानीयले गुनासो गर्दै आएका छन् । फोहोरको दुर्गन्धले कतिपय बिरामीसमेत परेको स्थानीयको भनाइ छ ।