देशको सर्वोच्च प्रशासनिक निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गतिहीन मात्र होइन, ओजविहीन पनि छ । प्रधानमन्त्रीको सल्लाहकार बन्ने वा सचिवालयमा काम गर्ने अभिलाषा राख्ने पार्टी कार्यकर्ताहरूका निम्ति आकर्षणको केन्द्र भए पनि निजामती कर्मचारीहरूलाई भने यसले कत्ति मोहित तुल्याउन सक्दैन ।