काठमाडौं : पाठ्यक्रम विकास केन्द्रले छापेको ४ वर्ष बित्दा पनि मातृभाषाका पाठ्यपुस्तक लिन कोही नआएको बताएको छ। बिहीबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले मातृभाषी शिक्षा लिनेको संख्यामा नै कमी आएको जानकारी दिए।उनले सांसदहरूका अगाडि भने, ‘संविधानमा पनि समावेश भएको र सबै राजनीतिक दलले पनि मातृभाषीमा शिक्षा आर्जन गर्ने हकको सुनिश्चित गर्नुपर्छ भनेका छन्, हामीले कार्यान्वयनमा ल्याउन मातृभाषा शिक्षामा