इलाम : मेची राजमार्गअन्तर्गत इलाम नगरपालिकाको धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ। इलाम बजार नजिकै पहिरो गएर सडक अवरुद्ध भएपछि बैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ।शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिरोले लगेपछि सवारी सञ्चालन हुन सकेका छैनन्। तत्काल राजमार्ग मर्मत, सुधार गर्न नसकिने भएपछि डाइभर्सन गरी सवारी पास गराइने भएको हो। भत्किएको सडक चाँडो सञ्चालन गर्न/गराउन सडक डिभिजन कार्यालय इलामलाई अनुरोध गरिएको इलाम नगरपालिकाले जनाएको छ।भानुपथबाट चोकबजारतर्फ आउने