तस्बिरहरू: इजरायलमा युद्धको घाउ

प्यालेस्टाइनको विद्रोही समूह हमासले यही अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि दुवै पक्षबीच युद्ध जारी छ । जवाफी कारबाहीस्वरुप इजरायलले पनि हमास सक्रिय रहेको गाजा क्षेत्रमा निरन्तर मिसाइल आक्रमण गरिरहेको छ । युद्धग्रस्त क्षेत्र गाजामा इजरायलको नाकाबन्दीका कारण ठूलो मानवीय संकट र त्रासदी छ ।